मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुलाकका १६३६ दरबन्दी खारेज, वार्षिक ८० करोड बचत

nayapatrikadaily.com · Fri Feb 09 00:29:00 GMT 2024

हुलाक सेवाअन्तर्गतका एक हजार ६३६ दरबन्दी खारेज भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हुलाक सेवा विभागको संगठन तथा व्यवस्थापन संरचना (ओ एन्ड एम) स्वीकृत गरेको हो ।

हुलाक सेवा विभागका महानिर्देशक प्रदीपराज अधिकारीका अनुसार सरकारको निर्णयले हुलाक सेवामा वार्षिक ८० करोड रुपैयाँको प्रशासनिक खर्च बचत हुनेछ । यद्यपि, मन्त्रिपरिषद्को निर्णय औपचारिक रूपमा भने आइनसकेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)