मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दर्शकको अपेक्षा बढाउँदै ‘लाखे’ को टीजर

kalakarmi.com · Fri Jul 08 23:40:06 GMT 2022

काठमाडौं– मल्टि स्टारर फिल्म ‘लाखे’ को टीजर ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । केही समयअघि सार्वजनिक फस्र्टलुक पोस्टरबाट चर्चा बटुल्न सफल फिल्मको करिब सवा एक मिनेट लामो टीजरले दर्शकको अपेक्षा झन् बढाएको छ ।

भदौ ३१ गतेदेखि प्रदर्शन हुने ‘लाखे’ को टीजरबाट फिल्म सस्पेन्स र थ्रीलले भरिएको आँकलन गर्न सकिन्छ । सम्राट बस्नेत निर्देशित यो फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)