प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध २९ उजुरी
gorkhapatraonline.com · Mon Jun 12 06:00:21 GMT 2023
काठमाडौँ, जेठ २९ गते । प्रस्तावित न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ उजुरी दर्ता भएका छन् । कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश र अधिकांश कानुन व्यवसायीका उजुरी छन् ।
उजुरीबारे छलफलका लागि समितिको बैठक सोमबार बोलाउने तयारी गरिएको छ । उजुरीको समयसीमा शुक्रबार सकिएको थियो । २९ मध्ये एक मात्र उजुरीलाई गोप्य रूपमा पठाइएको छ । अन्यको उजुरीकर्ताको नाम सार्वजनिक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)