मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार, पर्यटकलाई उच्च गतिको इन्टरनेट सुविधा

aarthiknews.com

काठमाडौं । नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा फोरजी सेवाको शुभारम्भ गरेको छ । हिजो (२०८३ असार १५) देखि सो सेवा शुभारम्भ भएको हो ।

रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित मुर्माटप रारातालको अनुपम दृश्यावलोकनका लागि अत्यन्त लोकप्रिय गन्तव्य हो । रारातालबाट केही घण्टाको पदयात्रापछि पुग्न सकिने यस स्थलबाट राराताल, विभिन्न हिमशृंखला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मनोरम प्राकृतिक दृश्यहरू अवलोकन गर्न सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)