पूजामा प्रयोग गर्ने घिउको नाममा रसायन मिसिएको चिल्लो पदार्थ बेच्न प्रतिबन्ध
onlinekhabar.com · Mon Oct 12 12:26:45 GMT 2026

२६ असोज, काठमाडौं । पूजा, होम, हवन र बत्ती बाल्न प्रयोग हुने रसायन तथा खनिज तेल मिसिएको चिल्लो पदार्थलाई ‘घिउ’ का रूपमा उत्पादन तथा बिक्री वितरण गर्न सरकारले प्रतिबन्ध लगाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै अखाद्य पदार्थ खाने घिउसँग मिल्दोजुल्दो बनाएर बेच्ने कार्यमा रोक लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)