डेनिस फुटबल संघले भन्यो- एरिक्सन जिउँदै छन्
deshsanchar.com · Sat Jun 12 18:02:34 GMT 2021
डेनमार्कको राष्ट्रिय फुटबल संघले मैदानमा आफै लडेका क्रिस्टियन एरिक्सन जिवितै रहेको जनाएको छ। डेनिस फुटबल संघका अनुसार एरिक्सन होस् मै छन् र उनलाई अस्पताल भर्ना गरिएको छ।
युरोकपअन्तर्गत फिनल्यान्डसँग पहिलो हाफ चलिरहेका बेला एरिक्सन लडेका थिए। उनलाई तत्कालै मैदानमा अक्सिजनसहितको मेडिकल सामग्रीसहित अस्पताल लगिएको थियो। युरोपियन फुटबल महासंघले खेल स्थगित गरेको छ। क्रिस्टियानो रोनाल्डोसहित विश्वभरबाट एरिक्सनको शिघ्र स्वास्थ्य लाभको कामना भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)