मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन हजार ४७२ मतदाताको नामावलीबाट हटाइयो

gorkhapatraonline.com · Mon Oct 12 12:54:10 GMT 2026

प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरका तीन हजार ४७२ जना मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । दोहोरो नाम कायम भएका, मृत्यु भएका र नागरिकता त्यागेका मतदाताको नाम छानबिन गरी हटाइएको हो ।

प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार आयोगको प्रणालीमा जाँच गर्दा दोहोरो नाम कायम भएका एक हजार ५०२ जना मतदाताको नाम हटाइएको छ । सम्बन्धित वडा कार्यालयबाट प्राप्त मृत्यु दर्ताको अभिलेखका आधारमा एक हजार ९६४ जना मृतक मतदाताको नाम हटाइएको छ । त्यस्तै, जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा नागरिकता त्यागेका छ जना मतदाताको नामावलीबाट नाम हटाइएको उहाँले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)