बाईसे-चौविसे राज्यका खप्तडी सीकीन्दर खड्काले चलाएको डौंठेगडा मेला,मनोकाङ्क्षा पुरा गर्न बर्दादेवीलाई राँगा बोकाको भाकल
mahendranagarpost.com · Fri Nov 19 00:24:35 GMT 2021
अछाम- अछाम जिल्लाको प्रसिद्ध ऐतिहासिक डौंठेगडा दशै मेला यस वर्ष आज (शुक्रवार) लाग्ने भएको छ। बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्रामा लाग्ने ऐतिहासिक डौंठेगडा दशैं मेलाको सम्पूर्ण तयारी पुरा भएपछि शुक्रवार मेला लाग्ने भएको हो। मेला व्यवस्थापन गर्न गत सोमबार भरत बहादुर खड्काको अध्यक्षतामा १८ सदस्यीय डौठेगडा मेला व्यवस्थापन समिति गठन गरिएको थियो।
मेला अवधिभर मदिरा पूर्ण रूपमा निषेध गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताए। उनले मदिरा सेवन गरी मेलाको गरिमामा आँच आउने काम गरेमा कानुन अनुसार कारबाही गर्ने चेतावन समेत दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)