मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रुसको चेतावनीले गहुँको मूल्यवृद्धि

ekantipur.com · Fri Jul 21 00:47:09 GMT 2023

काठमाडौं — रुसले खाद्यान्न बोकेर युक्रेनी बन्दरगाहमा जाने जहाजमा आक्रमण गर्ने धम्की दिएसँगै विश्व बजारमा गहुँको मूल्य बढेको छ । युरोपेली स्टक एक्सचेन्जका अनुसार गत बुधबार अघिल्लो दिनको तुलनामा गहुँको मूल्य ८.२ प्रतिशतले बढेर प्रतिटन २८४ अमेरिकी डलर पुगेको छ ।

यस्तै, मकैको मूल्य पनि ५.४ प्रतिशतले बढेको छ । अमेरिकी गहुँको मूल्यमा पनि ८.५ प्रतिशतले वृद्धि भएको बीबीसीले जनाएको छ । गत सोमबार रुसले ब्ल्याक सी हुँदै गरिने खाद्यान्न निर्यातसम्बन्धी सम्झौता नवीकरण गर्न अस्वीकार गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)