मकवानपुरमा तीन हजार ४७२ मतदाताको नाम हटाइयो
nepalnews.com · Mon Oct 12 13:12:15 GMT 2026

हेटौँडा । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुर जिल्लाको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ। दोहोरो नाम, मृत्यु र नागरिकता त्याग गरेका व्यक्तिहरूको विवरण छानबिन गरी नामावली अद्यावधिक गरिएको हो।
प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार निर्वाचन आयोगको प्रणालीमा जाँच गर्दा दोहोरो नाम देखिएका एक हजार ५०२ जनाको नाम हटाइएको छ। यसैगरी, वडा कार्यालयबाट प्राप्त मृत्यु दर्ताको अभिलेखका आधारमा एक हजार ९६४ जना मृतक मतदाताको नाम हटाइएको छ। जिल्ला प्रशासन कार्यालयको विवरणअनुसार नागरिकता त्यागेका छ जनाको नाम पनि नामावलीबाट हटाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)