मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अवैध लागुपदार्थ अफिम र हतियार बरामद, ३५ वर्षीय तामाङ पक्राउ

himalpress.com · Sat May 16 02:16:13 GMT 2026

धादिङ- फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ। दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम बरामद गरिएको हो। अफिम र अवैध भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

प्रतिवादी खोज्ने क्रममा लागुऔषधको ठूलो कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले तामाङको घरमा खानतलासी गरेको थियो। प्रहरी नायब उपरीक्षक दाहालले भने, ‘गजुरी प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीको कमाण्डमा खटिएको टोलीले तामाङको घर र गोठमा छापा मारेको थियो। खानतलासीका क्रममा बाख्रा बाँध्ने गोठभित्र लुकाएको अवस्थामा ४ फिट ६ इञ्च लामो एक थान भरुवा बन्दुक र दुई थान डिजिटल तराजु फेला परेको थियो। तामाङ सुत्ने कोठाको ओछ्यान नजिकै पाँच वटा प्लास्टिकका बाल्टीमा भरिएको अवस्थामा अफिम जस्तो देखिने कालो लेदो पदार्थ फेला परेको हो।’

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)

सम्बन्धित विषय