मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्रीओली र रुसी राष्ट्रपति पुटिनबीच चीनको थियानजिनमा भेटवार्ता

barnanmedia.com · Mon Sep 01 22:26:05 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच चीनको थियानजिनमा आज भेटवार्ता भएको छ । दुई नेताबीचको भेट साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका क्रममा सम्पन्न भएको हो ।

भेटवार्तामा दुई देशबीचको पारस्परिक सम्बन्धका विविध आयामबारे छलफल भएको छ । प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनले आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रहरूमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)