सन्धिखर्कमा डिजिटल अपाङ्गता परिचयपत्र वितरण सुरु, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य
annapurnapost.com · Mon Oct 12 13:28:54 GMT 2026

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले डिजिटल अपाङ्गता परिचयपत्र वितरण गर्न सुरु गरेको छ। यसअघि हातले लेखेर अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको नगरपालिकाले अब स्मार्ट कार्डमार्फत परिचयपत्र वितरण गर्न थालेको हो।
नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्यले अपाङ्गता भएकी एक बालिकालाई डिजिटल परिचयपत्र प्रदान गर्दै वितरण कार्यको शुभारम्भ गरिन्। नगरपालिकाबाट प्रदान गरिने सेवालाई डिजिटलमैत्री बनाउने लक्ष्यसहित स्मार्ट परिचयपत्र वितरण सुरु गरिएको उपप्रमुख आचार्यले बताइन्। उनले डिजिटल प्रणालीको प्रयोगले नगरपालिकाको सेवा प्रवाह छिटोछरितो हुनुका साथै सेवा थप विश्वसनीय र पारदर्शी हुने विश्वास व्यक्त गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)