फुङ्लिङ बजारमा मासु माछा पसलको अनुगमन
gorkhapatraonline.com · Mon Oct 12 13:29:42 GMT 2026

दसैँ सुरु भएसँगै ताप्लेजुङमा मासु र माछा पसलको अनुगमन गरिएको छ । जिल्लास्थित संयुक्त बजार अनुगमन समितिले सदरमुकाम फुङ्लिङमा मासु माछा पसलको अनुगमन गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईको नेतृत्वमा फुङ्लिङ बजारका मासु माछा पसलहरु अनुगमन गरिएको हो । अनुगमनका क्रममा केही मापदण्ड विपरीत रहेको मासु माछा पसललाई तत्काल सुधार र व्यवस्थित गर्न सुझाव दिइएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)