इजरायली सेनालाई लिएर सिरियामा किन भयो विवाद ?
baahrakhari.com · Tue Jun 30 07:06:00 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को निगरानीमा रहेको २४५ वर्ग किलोमिटर क्षेत्रफलको ‘बफर जोन’मा इजरायलले अनिश्चितकालसम्म आफ्नो सैन्य उपस्थिति कायम राख्ने निर्णय गरेपछि दक्षिणी सिरियामा तनाव चुलिएको छ । यसैक्रममा आइतबार दक्षिणी सिरियाको अब्दिन गाउँमा प्रवेश गरेको इजरायली सेनाले स्थानीय बासिन्दाहरूको कडा विरोधको सामना गर्नुपरेको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार स्थानीयले सडकमा ठूला ढुंगा राखेर इजरायली सैन्य सवारीसाधनको बाटो अवरुद्ध गरेका थिए । प्रदर्शनका क्रममा सैनिकहरूमाथि ढुंगामुढासमेत गरिएको थियो । स्थिति नियन्त्रणमा लिन इजरायली सैनिकहरूले हवाइ फायर गर्नुका साथै केही घरका पर्खालतर्फ चेतावनीस्वरूप गोली चलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)