देश बनाउने प्रयास गर्ने पात्र नै महत्त्वपूर्ण हुन्छन्: सुदनको भूमिकामा बालेनको प्रशंसा
ratopati.com · Mon Dec 29 20:30:43 GMT 2025

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले जेनजी आन्दोलनका अगुवा सुदन गुरुङको भूमिकाको प्रशंसा गरेका छन् । रास्वपा, उज्यालो नेपाल पार्टी र आफूबिच एकता गराउन पहल गर्दै आएका गुरुङसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै बालेनले मंगलबार भावुक प्रतिक्रिया लेखेका हुन् ।
बालेनले आफ्नो फेसबुक पोस्टमा देश निर्माणको सवालमा सबैले कुरा गर्ने तर वास्तवमा प्रयास गर्ने व्यक्ति नै महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् । उनले सुदन गुरुङले निर्वाह गरेको भूमिकालाई ऐतिहासिक भन्दै लेखेका छन्, ‘देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ ? त्यो नै महत्त्वपूर्ण हुन्छ । बाबु सुधन गुरुङज्यूले, जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यु, ब्रदर।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)