बाँदर र बँदेलको क्षति रोक्न एकीकृत कार्ययोजना माग गर्दै प्रतिनिधि सभामा प्रस्ताव दर्ता
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ। बाँदर र बँदेलबाट कृषि बालीमा बढ्दै गएको क्षतिलाई नियन्त्रण गर्न दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थकमा नेकपा (एमाले)की सचेतक निता घतानी, नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विक र श्रम संस्कृति पार्टीका सांसद आरेन राई रहेका छन्।
प्रस्तावमा बाँदर तथा जङ्गली बँदेलका कारण किसानको उत्पादन, आम्दानी, खाद्य सुरक्षा र ग्रामीण जीविकोपार्जनमा गम्भीर असर परेको र यो समस्या अब मानव–वन्यजन्तु द्वन्द्वमा मात्र सीमित नरहेको उल्लेख गरिएको छ। सरकारले सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट पार्दै समयसीमा र आवश्यक बजेटसहितको राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)