नेपालले नेम्वाङलाई सोधे, 'ओली महाराजसँग कसरी मिल्ने ?'
hamrakura.com · Thu Jul 29 00:00:00 GMT 2021
काठमाडौँ। एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवाद गराउने प्रयास एक सातादेखि असफल भएको छ। बिहीवार दिउसो सुवास नेम्वाङले संवाद खुलाउने प्रयास गरेको भए पनि त्यो असफल भएको हो। ‘तपाईँहरू दुई जना बसेर विवाद निरूपण गर्नुपर्यो अब धेरै ढिला गर्नु हुन्न चाडै गरौँ’, सुवास नेम्वाङले भनेका थिए। तर माधव नेपालले ठिकै छ ओलीसँग कुराकानी गरौला म अरूसँग पनि कुरा गर्दै छु भनेर टारेका थिए।
बिहीवार दिउँसो नेपाल र नेम्वाङबीच दुई घण्टा कुराकानी भएको थियो। त्यस क्रममा नेपालले ओलीसँग विश्वास गर्ने कुनै आधार नभएको बताएका थिए। ‘ओलीले हामीलाई अपराधी करार गरिसकेका छन् अनि कसरी विवाद निरूपण हुन्छ उहाँचाहिँ राजमहाराजा हामी चाहिँ अपराधी यो कसरी विवाद निरूपण हुन्छ’, नेपालले नेम्वाङसँग भनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)