बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा
canadanepal.com · Mon Oct 12 14:13:25 GMT 2026

बर्दिया - बर्दियाको राजापुर नगरपालिका–३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई आज नियन्त्रणमा लिइएको छ। चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले चितुवा नियन्त्रणमा लिन दुई वटा खोर राखेको थियो।
डिभिजन वन कार्यालय बर्दियाका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा चितुवा फसेको जानकारी आज बिहान प्राप्त भएको थियो। त्यसपछि चितुवाको उद्धार गरी बिहान करिब ९ बजे बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारास्थित कार्यालयमा बुझाइएको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)