पहिलो सुख्खा बन्दरगाहको इतिहास मेटाएको बिषयमा गृहमन्त्री चुप
rajdhanidaily.com · Mon Sep 01 23:25:33 GMT 2025

वीरगन्ज । मुलुकको पहिलो सुख्खा बन्दरगाह भन्सार कार्यालयको इतिहास मेट्ने नेपाल सरकारबाट भएको निर्णयका बिषयमा सरकारका गृहमन्त्री रमेश लेखक नाजवाफ भएका छन् । नेपालका महत्वकांक्षी योजनाहरु मध्ये भूपरिवेष्ठित मूलुकमा निर्माण सम्मन्न भई २०६१ साल साउन १ गतेदेखि संचालनमा आएको नेपालकै पहिलो सुख्खा बन्दरगाह भन्सार कार्यालयको इतिहास मेट्ने निर्णय गएको बैशाख ३१ गते नेपाल सरकारले गरेको थियो । वीरगन्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाह भन्सार कार्यालयको नामै नामेट गर्ने निर्णय ’bout गृहमन्त्री लेखक सोमबार नाजवाफ वीरगन्जबाट फर्किएका हुन् ।
भारत तथा तेस्रो मूलुकबाट आयात निर्यात हुने मालबस्तु रेलमार्ग हुँदै सीधा सुख्खा बन्दरगाहसम्म ल्याउने र लाने व्यवस्था छ । नेपाली भूमिमा नै मालवाहक रेल आउने र जाने यस्तो व्यवस्था मुलुकको अन्य कुनै ठाउँमा छैन । तथापि एमाले र कांग्रेस नेतृत्वको सरकार बनेको ८ महिनामै तस्करहरुको चंगुलमा परी मन्त्री परिषद्को बैठकबाट गएको बैशाख ३१ गते यो बन्दरगाह भन्सारको इतिहास मेट्दै वीरगन्ज भन्सार कार्यालयमा नै गाभिदिएको छ । अहिले वीरगन्ज भन्सार कार्यालयको एउटा शाखाका रुपमा रहेको साविकको सुख्खा बन्दरगाह भन्सार कार्यालयको इतिहास समाप्त पार्ने कार्य किन गरिएको भन्ने सोमबार स्थानीय संचारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखक जवाफ नदिई तर्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)