मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान बलियो बन्दै

newsofnepal.com · Mon Feb 13 00:13:16 GMT 2023

काठमाडौं । सत्तासिन दल नेकपा (माओवादी केन्द्र), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय सहमतिको राष्ट्रपतिमा जोड दिएका छन् । सात दलीय गठबन्धनको सहारामा सरकारको नेतृत्व गरिरहेको माओवादीले उठाएको राष्ट्रिय सहमतिको एजेन्डामा प्रतिपक्ष दल कांग्रेस र नेकपा एसले बल थपेका हुन् ।

प्रतिपक्षी दलको समेत विश्वासको मत पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको अडानलाई गठबन्धन दलका शीर्ष नेताहरुसँग भएको बैठकमा पुनः दोहो¥याउनुभयो । दाहालले आइतबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रपति राष्ट्रिय सहमतिकै आधारमा बनाउनुपर्ने अडान कायमै राख्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर यस विषयमा सत्ता गठबन्धनको मुख्य घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाउँदै सरकार गठनका दिन गरेको सहमतिअनुसार राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने जिकिर छाड्नुभएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)