सिपाही बिस्ना राउटे
ekantipur.com · Thu Dec 02 00:57:55 GMT 2021
कञ्चनपुर — भीमदत्त नगरपालिका–९ मटेनाकी २६ वर्षीया बिस्ना नेपाली सेनामा कार्यरत छिन् । राउटे समुदायकी उनी २०६७ मा सेनाको बकासी (बन्दोबस्ती कार्य सिपाही) भर्ना भएकी हुन् । उनी हाल कैलालीको बडैपुरस्थित कालीरक्षा गणमा छिन् । राउटे समुदायबाट सेनामा भर्ना भएकी उनी सम्भवतः एक्ली महिला हुन् ।
बिस्नालाई सेनामा भर्ना हुँदा सुरुमा निकै गाह्रो भयो । अरूका बोली र भाषा नबुझ्ने, आफ्नो बुझाउन पनि सकस हुने । कति दिन त नोकरी छाडेर पुरानै दिनचर्यामा फर्किन मन लाग्थ्यो । तर उनले हिम्मत हारिनन् । बिस्तारै बुझ्दै र सिक्दै गइन् । ‘सुरुमा कसैले बोलेको नबुझ्दिनथें, एकथोक भन्दा अर्कोथोक गर्थे, सबै हाँस्थे,’ उनले भनिन्, ‘अहिले निकै सजिलो छ, सबै काम सिकिसकें ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)