मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२८ वर्षपछि मुगुबाट मन्त्री

rajdhanidaily.com · Mon Jul 15 23:21:58 UTC 2024

मुगु । दुर्गम जिल्ला मुगुले २८ वर्षपछि नेपाली कांगे्रसबाट संघीय सरकारमा प्रतिनिधित्व गर्न पाएको छ । नेपाली कांग्रेस नेतृत्वको २०४८ सालमा गठित मन्त्रिपरिषदमा मुगु जिल्लाका तत्कालीन प्रतिनिधिसभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायकमन्त्री भएका थिए ।

२०५२ सालपछि शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा उनै मल्ल शिक्षा राज्यमन्त्री भएका थिए । उनी २०५३ सालसम्म शिक्षा राज्यमन्त्री बनेका थिए । २०५३ सालयता देशमा कति सरकार बने, ढले । तर, मुगु जिल्लाले कहिल्यै संघीय मन्त्रिपरिषदमा अवसरर पाएन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)