मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१०औँ राष्ट्रिय खेलकुदका लागि कर्णालीले थाल्यो खेलाडी छनोट

baahrakhari.com · Mon Oct 12 14:37:07 GMT 2026

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट सहभागी हुने खेलाडी छनोट प्रक्रिया सुरु भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सोमबारदेखि प्रदेशका विभिन्न जिल्लामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु गरेको हो ।

सुर्खेतमा सोमबार सामाजिक विकासमन्त्री तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष जीतबहादुर मल्लले छनोट प्रतियोगिताको उद्घाटन गरे । १०औँ राष्ट्रिय खेलकुदमा कर्णालीले धेरै पदक जित्ने लक्ष्यसहित पूर्वतयारीबलियो बनाउनुपर्ने उनले बताए । उनले खेलाडीलाई पनि सोहीअनुसार तयारी मजबुत बनाउन आग्रह गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)