मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नोटबन्दीपछि भारतले १५३ खर्ब सटही गर्‍यो : नेपालमा भएको पाँच करोड भारु साटेन

nayapatrikadaily.com · Fri Jan 05 00:49:00 GMT 2024

भारतले नोटबन्दीको घोषणा गरेको सात वर्ष बितिसकेको छ । त्यसयता भारतले आफ्नो देश र भुटानमा रहेका समेत गरी ९९.३० प्रतिशत अर्थात् एक सय ५३ खर्बबराबरको प्रतिबन्धित भारु सटही गरेर बैंकिङ प्रणालीमा फिर्ता ल्याइसकेको छ । तर, नेपाल राष्ट्र बैंकमा रहेको पाँच करोड ६ लाख भारुबराबरको प्रतिबन्धित नोट साट्न भने भारतले बेवास्ता गरेको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका वेला प्रतिबन्धित भारतीय नोट सटहीलाई समेत एजेन्डा बनाउन सरोकारवालाले सरकारलाई सुझाव दिएका थिए । तर, बिहीबार आयोजित परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा प्रतिबन्धित भारतीय नोट सटही एजेन्डा नै बनेन । भारतीय विदेशमन्त्री जयशंकर र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भएको वार्तामा प्रतिबिन्धत भारु सटहीको विषयमा छलफल नै नभएको बैठकमा सहभागी एक अधिकारीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)