तनहुँमा जीप दुर्घटना हुँदा १ महिलाको मृत्यु, ६ जना घाइते
annapurnapost.com · Mon Oct 12 14:55:57 GMT 2026

काठमाडौं : तनहुँमा जीप दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। आँबुखैरेनी गाउँपालिका –०६, डुम्रीडाँडास्थित भित्री सडक–खण्डमा बोलेरो जिप दुर्घटना हुँदा सोही ठाउँकी ४७ वर्षीया इन्द्रमाया गुरुङको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा परी घाइते हुनेहरूमा बुखैरेनी गाउँपालिका–६, खापस्वाराका ४९ वर्षीय तोकबहादुर गुरुङ, २१ वर्षीया भारती गुरुङ, १४ वर्षीया अम्बिका गुरुङ, ६९ वर्षीय बकुलाल गुरुङ, ३५ वर्षीय सानोकान्छा गुरुङ र १६ वर्षीया रिश्मा गुरुङ रहेका छन्। घाइते सबैको आँबुखैरेनी अस्पताल, तनहुँमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)