बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा
ratopati.com · Mon Oct 12 15:02:23 GMT 2026

बर्दिया । राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई साेमबार नियन्त्रणमा लिइएको छ। गत बिहीबार चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले चितुवा नियन्त्रणमा लिन दुई वटा खोर (केज) राखेको थियो।
डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको उद्धार गरी करिब ९ बजे बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारामा बुझाइएको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)