चाडपर्व सभ्य र मर्यादित रूपमा मनाउन प्रहरीको आग्रह
ratopati.com · Mon Oct 12 15:13:53 GMT 2026

बाजुरा। जिल्ला प्रहरी कार्यालय बाजुराले बडादसैँ, तिहार तथा छठ पर्वलाई शान्तिपूर्ण, सभ्य र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ। चाडपर्वका समयमा हुन सक्ने सम्भावित दुर्घटना, झैझगडा, चोरी तथा अन्य आपराधिक गतिविधि न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले सर्वसाधारणका लागि विभिन्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको हो।