दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु
reportersnepal.com · Mon Oct 12 15:11:05 GMT 2026

दाङ । टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ। घोराही-लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका-३ कुइरेपानीमा रा१ख २५११ नम्बरको टिपरले आज साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका-१ निवासी राजन अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका बालकको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)