बंगलादेशको मतपरिणाम: सामाजिक सञ्जालका हिरोहरूको लज्जास्पद हार
barnanmedia.com · Fri Feb 13 19:15:00 GMT 2026

सन् २०२४ को ऐतिहासिक विद्यार्थी विद्रोहको रापतापबाट उदाएको बंगलादेशको नयाँ राजनीतिक शक्ति ‘नेशनल सिटिजन पार्टी’ (एनसीपी) लाइ आफ्नो पहिलो चुनावी गाँसमै ढुङ्गा लागेको छ। शेख हसिनाको शासन ढाल्न सफल युवाहरूको यो पार्टीले बिहीबार सम्पन्न आम निर्वाचनमा लज्जास्पद हार बेहोरेको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराका अनुसार ३ सय मध्ये ३० निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी दिएको एनसीपीले ६ सिटमा मात्र जित हासिल गरेको छ। विद्रोहका चर्चित अनुहार नाहिद इस्लामले चुनाव जितेका छन्। अन्य अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। नाहिद बंगलादेशी संसदमा सबैभन्दा कान्छा सांसद हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)