दश किलो गाँजासहित एक जना पक्राउ
ratopati.com · Mon Oct 12 15:19:44 GMT 2026

भक्तपुर। सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित साेमबार एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको गाँजासहित खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ का देवेन्द्र राईलाई पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)