बुढीगंगाको ८ करोड ७६ लाख लागतमा बनेको प्रशासकीय भवन उद्घाटन
rajdhanidaily.com · Mon Oct 12 15:21:01 GMT 2026

सुन्दरहरैंचा (मोरङ) । मोरङको बुढीगंगा गाउँपालिका–४, हात्तीमुढामा ८ करोड ७६ लाख ४० हजार ६५३ रुपैयाँ लागतमा निर्माण गरिएको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ। ९ कट्ठा २ धुर क्षेत्रफलमा निर्माण गरिएको भवनको उद्घाटनसँगै गाउँपालिकाको प्रशासनिक सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष अमृता कुमारी गच्छदार, प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराई, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मोरङ प्रहरी प्रमुख कविता कटवाललगायत विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)