उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न आग्रह
ratopati.com · Mon Oct 12 15:22:31 GMT 2026

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई लक्षित गरी बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न, अस्वाभाविक मूल्यवृद्धि नगर्न र गुणस्तरहीन वस्तुको बिक्री वितरण नगर्न आग्रह गरेको छ।
विभिन्न बहानामा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, अनावश्यक भण्डारण गरी कालोबजारी गर्ने तथा गुणस्तरहीन वस्तु बिक्रीवितरण गर्ने जनगुनासो बढेको जनाउँदै प्रशासनले त्यस्ता गतिविधि नगर्न सम्बन्धित व्यवसायीलाई सचेत गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)