नेप्सेकै आइपिओ आउँदै, २५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने तयारी
nayapatrikadaily.com · Thu Feb 24 00:37:00 GMT 2022
नयाँ प्रतिस्पर्धी स्टक एक्सचेन्ज आउने सम्भावना देखिएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पनि पब्लिकमा सेयर जारी गर्ने तयारी गरेको छ । नेप्सेले सर्वसाधारणमा २५ प्रतिशत सेयर जारी गर्ने तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बताए । हो, ‘मैले कार्यभार सम्हालेसँगै सबैसँग छलफल अन्तर्क्रिया गर्दा पब्लिकमा पनि जानुपर्छ भन्ने कुरा गरेका हौँ,’ कार्कीले भने, ‘निजी क्षेत्रको स्टक आउने चर्चा चलिरहेकाले हामी पनि भाइब्रेन्ट हुनुपर्छ भन्ने कुरा भएको हो, तर यो प्रारम्भिक अवस्थामै छ ।’
हाल नेप्सेमा नेपाल सरकारको ५८ दशमलव ६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको १४ दशमलव ६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६ दशमलव १५ प्रतिशत, लक्ष्मी र प्रभु बैंकको पाँच–पाँच प्रतिशत र केही पुराना ब्रोकरलगायत अन्यको शून्य दशमलव ६० प्रतिशत सेयर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)