मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिउँमा फसेका एक विदेशीसहित चार पर्यटकको उद्धार

ratopati.com · Fri Sep 27 19:35:00 UTC 2024

सोलुखुम्बु । सगरमाथा क्षेत्रको हिउँमा फसेका एक विदेशीसहित चारजना पर्यटकको उद्धार गरिएको छ ।

उद्धार हुनेमा सिंगापुरका नागरिक ७४ वर्षीय लिन चुन हेङ, ओखलढुंगा खिजिदेम्बा गाउँपालिका–७ का ४५ वर्षीय कृष्णराज गुरुङ, सुनसरीको धरान उपमहानगरपालिका–११ का ६४ वर्षीय भीमबहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–४ का २२ वर्षीय विपन तामाङ रहेका छन् । शुक्रबार ती पर्यटकहरू सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ खुम्बिलामा बाटो भुली अलपत्र परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)