मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषिमा आत्मनिर्भर बनाउन कृषकलाई राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

barnanmedia.com · Mon Jul 15 23:28:58 UTC 2024

काठमाडौँ, १ साउनः : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आयात प्रतिस्थापन गर्न कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने गरी योजना अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

झापाको हल्दिबारीमा आज कृषक तथा लघुउद्यमीहरूलाई कृषि सामग्री हस्तान्तरण गर्नुहुँदै उहाँले बढ्दो कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने गरी कृषिकार्यमा लाग्न कृषकलाई आग्रह गर्नुभयो । “नेपाल कृषि प्रधान देश हो तर पनि वर्षेनी अर्बौँको कृषिवस्तु आयात भइरहेको छ”, उहाँले भन्नुभयो, “मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने अगाडि बढ्नुपर्ने आवश्यकता छ । त्यसका लागि सबै तहका सरकारले कृषिमा लगानी र कृषकलाई प्रोत्साहन गर्नुपर्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)