मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनासलु क्षेत्र पुगेका ९८ पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

gorkhapatraonline.com · Mon Oct 12 16:39:45 GMT 2026

बुढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोलातर्फबाट बुढीगण्डकीमा आएको बाढीका कारण मनासलुको चुमउपत्यका पुगेका ८७ जना पर्यटक समस्यामा परेका थिए ।

ती सबै पर्यटक सुरक्षित अवस्थामा रहेका एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार मनासलु क्षेत्रको प्रवेशविन्दुमा अलपत्र परेका ९८ पर्यटक र ७३ जना गाइड तथा भरियाहरू पनि सुरक्षित छन् । आयोजनाका अनुसार बाढीले मनास्लु पदमार्गमा भने क्षति पुर्‍याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)