मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

७ वर्षपछि उत्तर कोरिया पुगे सी, किमले गरे भव्य स्वागत

barnanmedia.com · Mon Jun 08 21:35:00 GMT 2026

सात वर्षपछि उत्तर कोरिया पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङको भव्य स्वागत गरिएको छ। विमानस्थलमा सी र उनकी पत्नी पेङ ल्युआनको स्वागत गर्न किम जोङ उन र उनकी पत्नी रि सोल जु पुगेका थिए।

सीको कारकेड परेडमा पुग्नासाथ २१ तोपको सलामी दिइएको थियो।

त्यसपछि सी दम्पतीलाई कुमसुसान स्टेट गेस्ट हाउसमा लगिएको थियो।

चोकचोकमा हजारौँ उत्तर कोरियाली जनता र बालबालिका झण्डा हल्लाउँदै उपस्थित भएका छन्।

सीले दुई मुलुकको सम्बन्ध नयाँ ऐतिहासिक विन्दुमा पुगेको बताएका छन्।

गत वर्ष रेल चढेर किम बेइजिङ पुग्दा काइ ची र वाङ यीले उनको स्वागत गरेका थिए।

हालै सीले बेइजिङमा एक साताको फरकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय