मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनसेल खरिद-बिक्री प्रकरण : सम्झौताका कागजात दिइहाल्न प्राधिकरणको पुनः ताकेता

ekantipur.com · Tue Dec 12 01:12:57 GMT 2023

काठमाडौँ — कानुनी रूपमा पूर्वस्वीकृति नलिई सेयर स्वामित्व खरिद–बिक्री गरिएको विषयमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियटालाई स्पष्टीकरण मागेपछि एनसेलले स्वीकृतिका लागि यथाशीघ्र उपलब्ध गराउने भनेको कागजपत्रका विषयमा प्राधिकरणले पुनः ताकेता गरेको छ । नेपालको दूरसञ्चार नियामक र प्रत्यक्ष विदेशी लगानीसम्बन्धी सरोकार राख्ने कुनै पनि निकायलाई खबरै नगरी मंसिर १५ मा बेलायतको स्पेक्ट्रलाइट यूकेलाई आफ्नो हिस्सामा रहेको ८० प्रतिशत सेयर बेचेको घोषणा गरेको थियो ।

अनुमतिबगेर नै सेयर खरिद सम्झौता गरेको झन्डै दुई साता बितिसक्दा पनि एनसेलले यसअघि दूरसञ्चार प्राधिकरणलाई लेखेको पत्रमा उल्लेख गरेबमोजिम नियामकीय निकायहरूलाई कुनै दस्ताबेज उपलब्ध गराएको छैन । ‘आज (मंसिर २५) हामीले सम्झौता पत्रलगायत डकुमेन्ट दिन एनसेललाई चिठी लेखेका छौं,’ प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले भने, ‘चिठी पठाइसकेका छौं । अघिल्लो पत्रमा एनसेलले स्वीकृति माग गर्न आउँछौं, कागजपत्र पनि बुझाउँछौं भनेको थियो तर अहिलेसम्म कुनै डकुमेन्ट प्राप्त भएको छैन ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)