सडक मार्ग अवरुद्ध हुँदा हवाई टिकट पाउन मुस्किल
karobardaily.com · Sat Oct 22 17:41:59 GMT 2022
गत हप्ताको वर्षाका कारण कर्णाली राजमार्ग एकसातादेखि पूर्णरुपमा अवरुद्ध छ । धेरै ठाउँमा पहिरो खसेर, सडक भासिएकालगायतका कारण अवरुद्ध भएको हो । विभिन्न ठाउँमा दैनिक १५ भन्दा बढी मेसिन र जनशक्ति खटाइएर नियमित पहिरो पन्छाउने काम भएपनि सडक खुल्ने टुगो छैन । सडक राजमार्ग अवरुद्धपछि एक मात्र विकल्पका रुपमा रहेका हवाई सेवा सर्वसाधारणको पहुँचमा नहुँदा सास्ती भएको छ ।
कर्णाली राजमार्ग पहिरोले जोखिमपूर्ण भएपछि त्यहाँका नागरिक अहिले महँगो भाडा तिरेर हवाई मार्गमार्फत यात्रा गर्न बाध्य छन् । १३ हजारदेखि माथि प्रतिव्यक्तिको भाडा लिने गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)