खुकुरी देखाएर कुटपिट गरेको आरोपमा ५ जना पक्राउ
ratopati.com · Mon Oct 12 16:55:46 GMT 2026

काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिकामा एक व्यक्तिलाई खुकुरी देखाई धाकधम्की तथा कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार असोज २३ गते दिउँसो करिब ४ः०० बजेको समयमा बेलौरी नगरपालिका वडा नम्बर ९, रतनपुर बस्ने एक व्यक्तिलाई सोही स्थानस्थित खजुवा जंगलमा लगेर धारिलो हतियार (खुकुरी) देखाई धाकधम्की दिँदै कुटपिट गरिएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका–९, रतनपुर बस्ने २१ वर्षीय आशिष विष्ट, १९ वर्षीय दिलीप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवालाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)