लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
khabarhub.com · Mon Oct 12 17:08:57 GMT 2026

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, भक्तपुर, झापा र बर्दियाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित घोराही-८ बस्ने २२ वर्षीय सागर चौधरी र घोराही-७ नवलपुर बस्ने २५ वर्षीय शिसिर चौधरी, कैलालीको धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट गोदावरी नगरपालिका-५ का ३१ वर्षीय टङ्कराज भट्ट र गोदावरी-६ बस्ने २६ वर्षीय खगेन्द्र नाथ पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)