मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सबै किस्ता बुझाउँदा पनि कर्जा बाँकी भन्छ बीओके

rajdhanidaily.com · Sat Mar 05 01:25:06 GMT 2022

काठमाडौं । सोझासाझा सिधा ग्राहकलाई मुर्गा बनाई कर्जा प्रवाह गर्ने र कर्जा प्रवाह गरिसकेपछि पनि कर्जा बाँकी छ भनेर ग्राहकलाई दुःख दिने बैंकका रूपमा बैंक अफ काठमाण्डु (बीओके) चिनिन थालेको छ । सुरुमा ९ प्रतिशतमा कर्जा दिन्छौं भनी लोभ दिएको बीओकेले सम्झौता गर्ने बेलामा भने १३ प्रतिशत पु¥याएर मध्यमवर्गका ग्राहकलाई बढी ब्याज असुलेको छ ।

यस्तै बैंकको चंगुलमा फस्नेमा पर्छन्, मोरङ उर्लाबारीका निलमणि कालाखेती । उनले सात वर्षअगाडि १० लाख रुपैयाँ व्यक्तिगत कर्जा लिएका थिए । घरधितो राखेर वा पसल धितो राखेर व्यवसाय कर्जा लिन खोजेका कालाखेतीलाई अनेक प्रलोभन देखाई ललाइफकाइ व्यवसाय कर्जाभन्दा पनि व्यक्तिगत कर्जा लिनमा सहमत गराएको उनका श्रीमती सीता भट्टराईले राजधानी दैनिकलाई बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)