मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा

barnanmedia.com · Sat Mar 29 21:40:53 GMT 2025

नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा सुरु भएको छ । उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली लेखकहरू राष्ट्रको गौरव भएको उल्लेख गर्दै गौतम बुद्ध जन्मिएको भूमि लुम्बिनीमा यस्तो साहित्यिक महोत्सव आयोजना गर्नु आयोजकको उत्कृष्ट निर्णय भएको बताउनुभयो ।

अधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा देखिएको छ । निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङका अनुसार अध्यक्ष पदका लागि डा रत्नमणि नेपाल र वियोगी बुढाथोकी प्रतिस्पर्धामा छन् । सहअध्यक्षमा डा शैलेन्द्रप्रकाश नेपाल, मनोज न्यौपाने र सन्ध्या पहाडीबीच प्रतिस्पर्धा हुनेछ । महासचिवका लागि प्रकाश बिमिल, नवीनचन्द्र घिमिरे र सोझो गाउँले चुनावी दौडमा छन् भने उपमहासचिवमा नारायण सापकोटा र सरस्वती तिमिल्सेना भिड्ने भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)