मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मानव–हात्ती द्वन्द्व रोक्न खोप

barnanmedia.com · Fri Feb 13 21:25:00 GMT 2026

खेतीयोग्य जमिन विस्तार र वन क्षेत्र सङ्कुचनसँगै बढ्दै गएको मानव–हात्ती द्वन्द्वलाई नियन्त्रण गर्न थाइल्यान्डले जङ्गली हात्तीमा जन्म नियन्त्रण खोप प्रयोग गर्न सुरु गरेको छ । अधिकारीहरूका अनुसार आवासीय क्षेत्र नजिक हात्तीको तीव्र बढ्दो सङ्ख्याले जनधनमा जोखिम बढाएपछि यो कार्यक्रम अघि बढाइएको हो ।

आधिकारिक तथ्याङ्कले गत वर्ष जङ्गली हात्तीको आक्रमणबाट ३० जनाको मृत्यु र २९ जना घाइते भएको देखाएको छ । साथै बाली नोक्सानीका दुई हजारभन्दा बढी घटना दर्ता भएका छन् । वन फँडानी र खेती विस्तारका कारण हात्तीहरू आफ्नो प्राकृतिक बासस्थानबाट बाहिरिन बाध्य हुँदा द्वन्द्व चर्किएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)