मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सेनेगललाई हराउँदै नेदरल्याण्ड्स विजयी

Ujyaaloonline.com · Mon Nov 21 18:27:24 GMT 2022

फिफा विश्वकप २०२२ को तेस्रो खेलमा सेनेगललाई हराउँदै नेदरल्याण्ड्सले विजयी सुरुवात गरेको छ । दोहाको अल थुमामा रंगशालामा सोमबार राति सेनेगललाई २ – ० गोल अन्तरले हराउँदै नेदरल्याण्डले जित हात पारेको हो ।

खेलको ८४ औँ मिनेटमा नेदरल्याण्ड्सका कोडी गाक्पोले हेडिङ गर्दै पहिलो गोल गरेका थिए । त्यसपछि फेरि इन्जुरी समयमा क्लासेनले अर्को गोल गरे । समूह ए मा रहेको नेदरल्याण्ड दोस्रो स्थानमा रहेको छ । यो जितसँगै नेदरल्याण्डले ३ अंक जोडेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)