अन्य पार्टीबाट पाँच हजार ८५३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश [भिडियो]
hamrakura.com · Mon Mar 02 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसले अन्य पार्टीबाट पाँच हजार ८५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको जनाएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले अन्य पार्टीमा संलग्न पाँच हजार ८५३ जना कांग्रेसमा पार्टी प्रवेश गरेको जानकारी दिएका हुन् । घर फर्क अभियानअन्तर्गत पार्टी छाडेर अन्य पार्टीमा गएकाहरुसबै घर फर्किसकेको उनले बताए ।
उनले भने,‘पार्टीमा प्रवेश गर्ने नेतृत्वको संख्या करिब पाँच हजार ८५३ रहेको र समर्थकहरुको संख्या हजारौं रहेको छ । पार्टीले आह्वान गरेको घर फर्क अभियान अन्तर्गत पार्टी छाडेर अन्य पार्टीका गएका साथीहरू प्राय: सबै घर फर्किसकेका छन् । निष्क्रिय भएका साथीहरू पुनःसंगठित भइ सक्रिय हुने काम जारी छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)