मर्ज हुँदै फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त, समझदारीपत्रमा हस्ताक्षर
arthasansar.com · Tue Aug 11 04:42:26 GMT 2026

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एकआपसमा गाभ्न/गाभिन (मर्ज) का लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।
गएको साउन २५ गते साँझ ५ बजे आपसमा दुई संस्थाबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार काठमाडौं महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपा–१३, साँगामा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्त एकअर्कामा गाभिने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)