मधेसको प्राचीन मिथिलाक्षेत्र चैत शुक्लपक्ष सुरु भएसँगै पर्वमय
barnanmedia.com · Sat Mar 29 21:49:07 GMT 2025

मधेसको प्राचीन मिथिलाक्षेत्र चैत शुक्लपक्ष सुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र प्रारम्भ भएको छ । यसैभित्र चैतीछठ मनाइने हिन्दू मैथिल परम्परा छ । यसपालि वासन्ती नवरात्रभित्रै इस्लाम धमावलम्बीको मुख्य चाड इद पनि परेको हुँदा यहाँको परिवेश पर्वमय बनेको हो ।
हिन्दू परम्पराका मैथिल अहिले वासन्ती नवरात्रको तयारीमा छन् । चैत शुक्ल प्रतिपदासँगै सुरु हुने वासन्ती नवरात्रका अवसरमा मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा आज घटस्थापना गरिँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)