त्रिशूलीमा हराइरहेका ६५ जना यात्रुको नाम जिल्ला प्रशासन कार्यालय चितवनले गर्याे सर्वाजनिक (सुचिसहित)
barnanmedia.com · Mon Jul 15 23:40:18 UTC 2024

गत शुक्रबार सिमलतालबाट लेदोसहितको पहिरोले बगाइ त्रिशूलीमा हराइरहेका ६५ जना यात्रुको नाम जिल्ला प्रशासन कार्यालय चितवनले सर्वाजनिक गरेको छ ।
सार्वजनिक गरिएको संख्याका आधारमा हेर्दा काठमाडौँबाट गौर जान आएको एञ्जल यातायातको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा ४ जना महिला र २३ जना पुरुष रहेका थिए । वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको गणपति डिलक्स बसमा ५ महिलासहित ३८ जना सवार रहेको नाम सार्वजनिक भएको छ । गणपति डिलक्सका ३ यात्रुले भने त्रिशूलीमा खसेको बसबाट पौडिएर ज्यान बचाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)